Kathmandu Press

शरीरमा पेट्रोल खन्याएकी गायिक पौडेलको निधन

गायिका पौडेलको कीर्तिपुर वर्न हस्पिटलमा उपचारका क्रममा शुक्रबार बिहान ८ः२० बजे उपचारका क्रममा निधन भएको हो।
शरीरमा पेट्रोल खन्याएकी गायिक पौडेलको निधन

काठमाडौं, कात्तिक ७ : रेकर्डिङ स्टुडियोमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको निधन भएको छ।

गायिका पौडेलको कीर्तिपुर वर्न हस्पिटलमा उपचारका क्रममा शुक्रबार बिहान ८ः२० बजे उपचारका क्रममा निधन भएको हो।

उनले शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको रेकर्डिङ स्टुडियोमा शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। लगत्तै उनलाई उपचारका लागि   कीर्तिपुर वर्न हस्पिटल लगिएको थियो।

प्रहरी यो घटनाको अनुसन्धन गरिहेको छ। प्रहरीले बाबुल गिरीसँग पनि सोधपुछ गरेको छ।

प्रकाशित मिति: १३:२७ बजे, शुक्रबार, कात्तिक ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्