Kathmandu Press

सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते

मृतकमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३, छेस्कामकी १६ वर्षीया हबी राई, सोही स्थानकी २० वर्षीया शान्ति राई र नाम नखुलेकी अर्की एक महिला रहेको प्रहरीले जानकारी दिएको छ।
सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ घाइते

रामेछाप, कात्तिक ७ : सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा तीन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।

Hardik ivf

मृतकमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३, छेस्कामकी १६ वर्षीया हबी राई, सोही स्थानकी २० वर्षीया शान्ति राई र नाम नखुलेकी अर्की एक महिला रहेको प्रहरीले जानकारी दिएको छ।

जिपमा ११ जना सवार थिए। तीमध्ये ६ जना घाइते र २ जना सकुशल रहेका छन्। घाइतेहरूमा चालक श्रीध्वज राई, गंगा राई, बस्तीकला राई, समया राई, सजना राई र उमेश राई रहेका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते १६ वर्षीया समया राई र १० वर्षीय उमेश राई उपचारपश्चात् डिस्चार्ज भएका छन् भने अन्यलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको प्रहरीले जनाएको छ।

मृतकको शव महाकुलुङ आधारभूत अस्पताल, बुङमा पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले जानकारी दिए।

प्रकाशित मिति: ११:२८ बजे, शुक्रबार, कात्तिक ७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्