Kathmandu Press

दिदीबहिनी र दाजुभाइ नहुनेले बालगाेपालेश्वरमा यसरी लगाए भाइटिका [फाेटाे फिचर]

दिदीबहिनी र दाजुभाइ नहुनेले बालगाेपालेश्वरमा यसरी लगाए भाइटिका [फाेटाे फिचर]

काठमाडौं,कात्तिक ६ : काठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएका छन्। 

तिहारको प्रमुख भाइटीकाका दिन आज उनीहरूले आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका हुन्।

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो। 

दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेका छन्। 

परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।

Photo-(10)-(1)-1761219683.jpg
Photo-(1)-(6)-1761219683.jpg
Photo-(13)-(2)-1761219672.jpg
Photo-(11)-(1)-1761219672.jpg
Photo-(18)-(1)-1761219642.jpg
Photo-(19)-(1)-1761219634.jpg
Photo-(22)-1761219615.jpg
Photo-(21)-(1)-1761219617.jpg
Photo-(20)-1761219617.jpg
Photo-(6)-(1)-1761219614.jpg
 

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, कात्तिक ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्