Kathmandu Press

आफुविरुद्ध गृहमन्त्रीले व्यक्तिगत दुस्मनी देखाएको ओलीको टिप्पणी

ओलीले दुस्मनी अत्यन्त चर्को देखिएको पनि बताए । यस्ले आफुलाई सरकारमाथि गम्भीर आशंका उत्पन्न गरेके पनि बताए ।
आफुविरुद्ध गृहमन्त्रीले व्यक्तिगत दुस्मनी देखाएको ओलीको टिप्पणी

काठमाडौं, कात्तिक ५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूप्रति व्यक्तिगत दुस्मनी देखाएको आरोप लगाएका छन्।

बालकोटस्थित आफ्नो जलेको घर अवलोकन गर्न पुगेका ओलीले यस्तो दाबी गरेका हुन् । उनले मंगलबार एक सञ्चारमाध्यममा दिएको अन्तवार्ताबाट पनि गृहमन्त्रीको आफूमाथि कस्तो मनोभाव छ भन्ने बुझिएको समेत बताए। 

Hardik ivf

‘यो तोडफोड, लुटपाटका पक्षमा उहाँहरुको मनोभाव देखिन्छ । जसलाई क्षति परेको छ तिनीहरुमाथि उहाँको यस्तो भाव देखिन्छ । ममाथि व्यक्तिगत दुस्मनी देखिन्छ । मैले उहाँहरुको सिमाना पनि मिचिदिएको छैन । घर कहाँ हो पनि थाहा छैन मलाई,’ पूर्वप्रधानमन्त्री समेत रहेका आलीले भने।

ओलीले दुस्मनी अत्यन्त चर्को देखिएको पनि बताए । यस्ले आफुलाई सरकारमाथि गम्भीर आशंका उत्पन्न गरेके पनि बताए । सरकारले थप केही गर्ने गम्भीर आशंका आफूमा रहेको समेत ओलीले बताए। 

‘सरकारले थप केही गर्ने योजना बनाइराखेको गम्भीर आशंका छ । सरकारले जनेजी भनिएकाहरुलाई बोलाएर तिमीहरु हामीलाई थप दवाव देउ, अनि हामी फलानालाई कारबाही अगाडि बढाउँछौँ । गिरफ्तार गर्छौँ भनेर सिकाएर पठाउनुहुन्छ,’ उनले भने।

 

प्रकाशित मिति: १४:१७ बजे, बुधबार, कात्तिक ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्