Kathmandu Press

राष्ट्रपति पौडेलले गरे शितलनिवासमै गौ पुजा

कात्तिक कृष्ण औँसी अर्थात गाई तिहारको अवसरमा पौडेलले शीतल निवासमा विधिपूर्वक गौ पूजा गरेका हुन्।
राष्ट्रपति पौडेलले गरे शितलनिवासमै गौ पुजा

काठमाडौं, कात्तिक ५ : राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विधिपूर्वक गौ पूजा गरेका छन्।

कात्तिक कृष्ण औँसी अर्थात गाई तिहारको अवसरमा पौडेलले शीतल निवासमा विधिपूर्वक गौ पूजा गरेका हुन्। राष्ट्रपति पौडेलले वैदिक मन्त्रद्वारा गौ पुजा गरे।

त्यस अवसरमा पौडेलले प्रथम महिला सविता पौडेलसँगै गाईलाई लक्ष्मीको प्रतीक मान्दै खानेकुरा खुवाए।

तिहारको तेस्रो दिन मनाइने गाई तिहारले नेपाली संस्कृतिमा मानव र प्रकृतिबीचको पवित्र सम्बन्धलाई जोड दिने विश्वास गरिन्छ । 

 

प्रकाशित मिति: १३:४२ बजे, बुधबार, कात्तिक ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्