Kathmandu Press

गणतन्त्रका उपलब्धिमाथि टेकेर मात्रै अगाडि बढ्न सकिन्छ : प्रचण्ड

परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको भनाई उनको छ।
गणतन्त्रका उपलब्धिमाथि टेकेर मात्रै अगाडि बढ्न सकिन्छ : प्रचण्ड

काठमाडौं, कात्तिक ५ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै अगाडि बढ्न सकिने बताएका छन्।

उनले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता समाधान गर्न नसकिने बताए। यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको आवश्यकता रहेको भनाई उनको छ। 

Hardik ivf

नेपाल संवत् ११४६ को शुभकामना दिनेक्रममा प्रचण्डले यस्तो भनाई राखेका हुन्। संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्पको आवस्यकता प्रतण्डले औंल्याए।

‘आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौँ । लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ,’ प्रचण्डले भने। 

आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा वि.सं. २०६५ मा नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा घोषणा गरिएको स्मरणसमेत प्रचण्डले गरेका छन्। 

 

 

प्रकाशित मिति: १३:३० बजे, बुधबार, कात्तिक ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्