Kathmandu Press

निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन : प्रधानमन्त्री

‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी पाएको छ । त्यसको तयारीमा हामी दत्तचित्त भएर लागेका छौं,’ प्रधानमन्त्री कार्कीले भनिन्।
निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन : प्रधानमन्त्री

काठमाडौ, कात्तिक ५ : नेपाल संवत् ११४६ को स्वागत कार्यक्रमका अवसरमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले देशलाई सुशासन र स्थायित्वको दिशामा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेकी छन्। 

वसन्तपुरस्थित ऐतिहासिक समारोहमा बोल्दै उनले आगामी प्रतिनिधिसभा निर्वाचन भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्ने तयारी सरकारद्वारा तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिइन्।

Hardik ivf

‘आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारी पाएको छ । त्यसको तयारीमा हामी दत्तचित्त भएर लागेका छौं,’ प्रधानमन्त्री कार्कीले भनिन्।

उनले विद्रोहपछिको राजनीतिक अवस्थालाई सामान्यीकरण गर्दै सबै पक्षसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै परिवर्तनका वाहक जेनजी समुदायसँग पनि सम्पर्कमा रहेको बताइन्।

‘निर्वाचन प्राथमिकतामा राख्नुको अर्थ सुशासन र भ्रष्टाचारविरुद्धका मुद्दामा मौन बस्नु होइन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘संविधानको अधीनमा रही हामीले जेनजी आन्दोलनले उठाएका सुशासनसम्बन्धी आवाजलाई सम्बोधन गर्नुपर्छ भन्ने दायित्व बुझेका छौं। त्यसअनुरूप राज्य संयन्त्रहरुबाट ठोस परिणाम दिने गरी काम अघि बढिरहेको छ।’

समाजको सबै पक्षको सक्रिय सहभागिताबिना लोकतन्त्र सफल नहुने धारणा व्यक्त गर्दै उनले समाजमा सद्भाव, एकता र सचेत नागरिकताको विकासमार्फत लोकतन्त्रको रक्षा तथा भ्रष्टाचार नियन्त्रण गर्न सबैलाई आह्वान गरिन्।

प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दल, वर्ग र समुदायको साथ र सहयोगप्रति विश्वास व्यक्त गर्दै यो कार्यमा सबैको साझा भूमिका हुनेमा आशावादी रहेको बताइन्।

प्रकाशित मिति: १३:०७ बजे, बुधबार, कात्तिक ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्