Kathmandu Press

नेपाल संवत्ले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ : प्रधानमन्त्री

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् राष्ट्रको मौलिक पहिचान, गौरव र सामाजिक न्यायको प्रतिक भएको बताउँदै यसको संवर्धन र प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
नेपाल संवत्ले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ : प्रधानमन्त्री

काठमाडौं, कात्तिक ५ : नेपाल सम्वत् ११४६ न्हूदँ समारोह समितिको आयोजनामा मंगलबजारमा भव्य समारोह सम्पन्न भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देश र समाजप्रतिको सामाजिक उत्तरदायित्व र एकताको सन्देश दिएकी  छन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् राष्ट्रको मौलिक पहिचान, गौरव र सामाजिक न्यायको प्रतिक भएको बताउँदै यसको संवर्धन र प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

Hardik ivf

‘नेपाल संवत् नेपाली धर्तीमा जन्मिएको संवत् हो। यसले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ,’ प्रधानमन्त्रीले भनिन्, ‘शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र परोपकारको बाटो आज पनि हाम्रो मार्गदर्शक बन्न सक्छ।’

प्रधानमन्त्री कार्कीले सम्वत्का प्रवर्तक शंखधर साख्वाःको सामाजिक योगदानको उच्च प्रशंसा गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिन् । उनले करिब ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा ऋणमा परेका नागरिकहरूको ऋणमोचन गरीसामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेको स्मरण गराइन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले पछिल्लो समय देशमा देखिएको राजनीतिक सचेतना र नागरिक आन्दोलनप्रति पनि प्रतिक्रिया जनाउँदै भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।

प्रधानमन्त्रीले नागरिक सरकारको प्रमुख जिम्मेवारी संविधानको दायरामा रही सुशासनको सुनिश्चितता गरेको उल्लेख गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिवद्धता दोहोर्याइन्।

कार्यक्रममा विविध सांस्कृतिक झाँकी र प्रस्तुतिहरू समेत देखाइएको थियो । समारोहमा विभिन्न सम्मानित व्यक्तित्व तथा संस्थाहरुलाई नेपाल सम्वत् संरक्षण र समृद्धिमा योगदान पु¥याएकोमा सम्मान समेत प्रदान गरिएको थियो।

 

प्रकाशित मिति: ११:०७ बजे, बुधबार, कात्तिक ५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्