रास्वपा नेता गणेश कार्कीले पार्टीको कोर टिमलाई दिए ‘रावण’को संज्ञा
‘रामायणमा एक पात्र छन् विभीषण । एउटै नाम गाली र सम्मानमा प्रयोग हुन सक्ने विशेष पात्र हो। सम्झँदा रोचक लाग्छ । रावण पक्षका लागि विभीषण गाली दिनका लागि प्रयोग हुने नाम हो। तर राम पक्षका लागि त्यहि विभीषण भनेको सम्मानित नाम हो,’ उनले भनेका छन्।
काठमाडौं, कात्तिक ४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीलाई पार्टी भित्रैबाट कतिपयले विभीषण भनेर औंल्याएपछि त्यसको प्रतिवाद गरेका छन्।
कार्कीले सामाजिक सञ्जालमार्फत् आफूलाई विभीषण भन्नेहरू रावण पक्षधर भएको टिप्पणी गरेका छन्। कार्कीले रास्वपाको संस्थापन पक्षधर कोर टीम लक्षित टिप्पणी गरेका हुन्।
‘रामायणमा एक पात्र छन् विभीषण । एउटै नाम गाली र सम्मानमा प्रयोग हुन सक्ने विशेष पात्र हो। सम्झँदा रोचक लाग्छ । रावण पक्षका लागि विभीषण गाली दिनका लागि प्रयोग हुने नाम हो। तर राम पक्षका लागि त्यहि विभीषण भनेको सम्मानित नाम हो,’ उनले भनेका छन्।
रास्वपाका सभापति रवि लामिछाने निकट कोर टीमका व्यक्तिहरूले कार्कीलाई विभीषण भनेर सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘यसैले बुझ्नुहोस् ल, तपाईंले कसैलाई विभीषण भनेर गाली गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो स्वामीलाई रावण भन्दै हुनुहुन्छ।’
रास्वपा नेता कार्की लगायतका कतिपय नेताहरू यतिबेला वैकल्पिक र नयाँ शक्तिलाई जोड्ने अभियानमा जुटेका छन्। केन्द्रीय सदस्य कार्कीले रास्वपाको संस्थापन पक्षतर्फ कटाक्ष गरेका हुन्।