Kathmandu Press

भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको संख्या बढ्दो

उपत्यकाबाट बाहिरिने यात्रुका साथै भित्रीने यात्रुहरूको सङ्ख्या पनि उत्तिकै बढेको छ।
भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको संख्या बढ्दो
फाइल तस्बिर।

काठमाडौं, कात्तिक ४ : तिहारको भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या पनि बढेको छ।

उपत्यका छाड्नेक्रममा बसपार्कका साथै विभिन्न नाकाका यात्रुहरूको भिड बढेको छ । उपत्यकाबाट बाहिरिने यात्रुका साथै भित्रीने यात्रुहरूको सङ्ख्या पनि उत्तिकै बढेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाए अनुसार शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिब ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान छ।

कात्तिक ३ गते बिहान ६ बजेदेखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिएका छन् । यस्तै, ४० हजार ४०८ यात्रु उपत्यका प्रवेश गरेका छन् । 

 

प्रकाशित मिति: २०:०५ बजे, मंगलबार, कात्तिक ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्