Kathmandu Press

राष्ट्रिय सम्मानका साथ विपिनको अन्त्यष्टी

विपिनको पार्थिव शरिरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढएका थिए।
राष्ट्रिय सम्मानका साथ विपिनको अन्त्यष्टी

कञ्चनपुर, कात्तिक ४ : हमास समूहको बन्धकमा रहेकै अवस्थामा मृत्यु भएका कञ्चनपुरका युवक विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ।

मंगलबार बिहान महाकाली नदीमा उनको अन्त्यष्टी गरिएको हो। विपिनको पार्थिव शरिरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाले राष्ट्रिय झन्डा ओढएका थिए। 

Hardik ivf

उनलार्य सशस्त्र प्रहरीले सलामी दिँदै अन्तिम बिदाई गरेको थियो। अन्त्यष्टी अघि कञ्चनपुरमा शवयात्रा गरिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली दूतावासका कर्मचारीले इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए। मंगलबार बिहान घरबाट हजारौँको सहभागितामा भुजेलाघाटसम्म शवयात्रा गरिएको थियो।

इजरायलबाट सोमबार काठमाडौँ ल्याइएको विपिनको शव साँझ नै सेनाको विमानबाट धनगढी विमानस्थलसम्म ल्याइएको थियो। त्यहाँबाट धनगढी उपमहानगरपालिकाको शव वाहनमार्फत भीमदत्त नगरपालिका ३ स्थित घरमा ल्याइएको थियो। 

शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्व परराष्ट्र मन्त्री एनपी सावद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायत सहभागी थिए। 

प्रकाशित मिति: १२:१५ बजे, मंगलबार, कात्तिक ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्