Kathmandu Press

प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ।
प्रधानमन्त्री कार्कीले आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन्।

छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिँदैछ।

छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको छ।

सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरे पनि चुनावको वातावरण सिर्जना नभएको राजनीतिक दलहरु बताउँदै आएका छन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए।

प्रकाशित मिति: ०९:०६ बजे, मंगलबार, कात्तिक ४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्