Kathmandu Press

विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै

इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका हुन्।
विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदै

काठमाडौं, कात्तिक ४ : इजरायल–हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । जोशीको आज बिहान महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने भएको हो।

राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)सागर बोहराले जानकारी दिए। विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्ने उनले जानकारी दिए।

Hardik ivf

इजरायल–हमास युद्धका क्रममा जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । उनी अध्ययनको सिलसिलामा इजरायल पुगेका हुन्।

इजरायलबाट सोमबार मात्र जोशीको शव नेपाल ल्याइएको थियो। नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बाससहितका तीन जना इजरायली प्रतिनिधिको टोलीसहित जोशीको शव काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा धनगढी विमानस्थलमा सलामी अर्पण गरेर परिवारलाई बुझाएको थियो।

प्रकाशित मिति: ०९:०० बजे, मंगलबार, कात्तिक ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्