Kathmandu Press

विपिनको शव नेपाल ल्याइयो, गृहजिल्लामै अन्तिम संस्कार गरिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।
विपिनको शव नेपाल ल्याइयो, गृहजिल्लामै अन्तिम संस्कार गरिने

काठमाडौं, कात्तिक ३ : इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ।

हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका विपिन जोशीको शरीर सोमबार काठमाडौं ल्याइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए।

प्रकाशित मिति: २२:११ बजे, सोमबार, कात्तिक ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्