Kathmandu Press

विपिन जोशीप्रति श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री कार्की अन्तर्राष्ट्रिय विमानस्थल जाने

हमासद्वारा अपहरणपछि निधन भएका विद्यार्थी विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो २ः३० बजे काठमाडौँ ल्याउने तयारी छ । विपीनको शव फ्लाइ दुबईमार्फत विमानस्थलमा ल्याईंदै छ।
विपिन जोशीप्रति श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री कार्की अन्तर्राष्ट्रिय विमानस्थल जाने

काठमाडौं, कात्तिक ३ : प्रधानमन्त्री सुशीला कार्की विपिन जोशीप्रति श्रद्धाञ्जलीका लागि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने भएकी छन्।

हमासद्वारा अपहरणपछि निधन भएका विद्यार्थी विपिन जोशीको पार्थिव शरीर सोमबार दिउँसो २ः३० बजे काठमाडौँ ल्याउने तयारी छ । विपीनको शव फ्लाइ दुबईमार्फत विमानस्थलमा ल्याईंदै छ। 

Hardik ivf

प्रधानमन्त्री कार्कीले विपीनको शवमा श्रद्धाञ्जली अर्पण गरेपछि परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । विमानस्थलमा श्रद्धाञ्जलीपछि अन्त्येष्टिका लागि आजै कञ्चनपुर पठाइने छ। 

इजरायली परराष्ट्र मन्त्रालयका पदाधिकारीले इजरायलको बेन गुरियन विमानस्थलमा विपिनप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरी शव नेपाल पठाएको हो।

२३ वर्षीय जोशी इजरायली अन्तर्राष्ट्रिय सहयोग नियोग (मसाभ) अन्तर्गत सिक र कमाऊ कार्यक्रमअन्तर्गत कृषि विषयमा अध्ययनका लागि इजरायल पुगेका हुन् । उनी इजरायल पुगेको एक महिनापछि नै हमासले इजरायलमा आक्रमण गरी विपीनलगायतलाई अपहरण गरी लगेका थिए।
 
प्रकाशित मिति: १४:३२ बजे, सोमबार, कात्तिक ३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्