Kathmandu Press

देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान

महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ।
देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान

काठमाडौं, कात्तिक ३ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ । 

महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य असर रहनेछ।

कार्तिक ३ गते आज लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

तर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदलीसँगै एक–दुई स्थानमा फाटफुट वर्षा हुन सक्ने सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, कात्तिक ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्