Kathmandu Press

अन्तरिम सरकार गठन र संसद विघटनविरुद्ध सर्वोच्चमा १६ वटा रिट दर्ता

दर्ता भएका सबै रिट निवेदनहरूलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा पेस गर्न तोक लगाएको जनाइएको छ।
अन्तरिम सरकार गठन र संसद विघटनविरुद्ध सर्वोच्चमा १६ वटा रिट दर्ता

काठमाडौं, कात्तिक २ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक विवाद सिर्जना गर्दै सर्वोच्च अदालतमा थप पाँचवटा रिट निवेदन दर्ता भएका छन्।

नयाँ सरकार गठन र संसद विघटन विवादमा यी पाँचवटा रिट सहित सर्वोच्चमा कुल १६ वटा रिट निवेदन दर्ता भएका छन्।

Hardik ivf

सर्वोच्च अदालत प्रशासनले पाँचवटै रिट निवेदनहरू दर्ता भएको जनाएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार यसअघि दर्ता भएका ११ र आइतबारका थप ५ गरी कुल १६ वटा रिट निवेदन सर्वोच्चमा दर्ता भएका हुन्। 

ति रिटहरु अब एकसाथ संवैधानिक इजलासमा पेस हुनेछन्। दर्ता भएका सबै रिट निवेदनहरूलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा पेस गर्न तोक लगाएको जनाइएको छ। 

 

प्रकाशित मिति: २१:५२ बजे, आइतबार, कात्तिक २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्