जेनजी आन्दोलनमा छानबिनका लागि गठित आयोगलाई बयान नदिने ओलीको घोषणा
‘केपी ओली सोझो छ भन्दैमा जसले बोलाउँछ त्यहाँ लुरु लुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन।’-1760867665.jpeg)
काठमाडौं, कात्तिक २ : नेकपा एमालेका अध्यक्ष रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा छानबिनका लागि गठित आयोगलाई आफूले बयान नदिने घोषणा गरेका छन्।
आइतबार सम्पादकहरुसँगको छलफलमा ओलीले यस्तो घोषणा गरेका हुन् । ओलीले भने, ‘केपी ओली सोझो छ भन्दैमा जसले बोलाउँछ त्यहाँ लुरु लुरु गएर बयान दिने काम केपी ओलीले गर्दैन।’
ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू पुनः प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी समेत गरेका छन् ।
‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि त । यो किन सहने ? अनि फेरि पनि यो अरुबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ ? भन्ने कुरा आउँछ ।’
प्रकाशित मिति: २१:४८ बजे, आइतबार, कात्तिक २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












