Kathmandu Press

विप्लव नेतृत्वको नेकपाले गर्यो कार्की नेतृत्वको अन्तरिम सरकार खारेजीको निर्णय

संविधानको पुनरलेखन, राज्यको पुनरसंरचना, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्दै उत्पीडित जातिहरुको अग्राधिकारसहितको समाजवादी संघीय राज्य निर्माण गर्नुपर्ने निर्णय गरेको छ।
विप्लव नेतृत्वको नेकपाले गर्यो कार्की नेतृत्वको अन्तरिम सरकार खारेजीको निर्णय

काठमाडौं, कात्तिक २ : नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो विशेष बैठकले देशलाई वास्तविक निकास दिन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गर्नुपर्ने निर्णय गरेको छ।

आइतबार बैठकमा गरेका निर्णय सार्वजानिक गर्दै अन्तरिम सरकारको निर्माण आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल नभएको बताएका हुन्। 

सार्वजानिक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जेनजी विद्रोहपछि जसरी अन्तरिम सरकारको निर्माण गरिएको छ । यो आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल खाँदैन,’ यसमा थप भनिएको छ, ‘देशलाई वास्तविक निकासतिर डोर्याउने हो भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनु पर्दछ र यसको ठाउँमा जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेशी, बुद्धिजीवी, राजनीतिक दलहरु सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार गठन हुनु पर्दछ।’

बैठकले नयाँ बन्ने सरकारले विशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्ने बताएको छ। संविधानको पुनरलेखन, राज्यको पुनरसंरचना, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्दै उत्पीडित जातिहरुको अग्राधिकारसहितको समाजवादी संघीय राज्य निर्माण गर्नुपर्ने निर्णय गरेको छ।

‘नयाँ बन्ने अन्तरिम सरकारले विशेष परिस्थितिमा कार्यकारी अधिकारको प्रयोग गर्दै संविधान संशोधन गर्नुपर्छ। एउटा उच्चस्तरीय संविधान लेखन आयोग गठन गर्नुपर्छ । संविधानको पुनरलेखन गर्दै राज्यलाई पुनरसंरचना गर्दै, प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्दै, उत्पीडित जातिहरुको अग्राधिकारसहितको समाजवादी संघीय राज्य निर्माण गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

 

प्रकाशित मिति: १९:१७ बजे, आइतबार, कात्तिक २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्