Kathmandu Press

दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन्- श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु

निर्वाचन आयोग पुगेका युवराज सफलले सरकारले भने अनुरुप चुनाव नहुँने भन्दै नेपालको संविधान परिपालना गराउन संसद प्रस्ताव ल्याउने तयारी रहेको बताए।
दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन्- श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु

काठमाडौं, कात्तिक २ : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन्।
 
‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरेका साङपाङले आइतबार आयोगमा पुगी दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन्। 

दर्ता प्रक्रियाका लागि सनाखत गरेपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले श्रम संस्कृति पार्टी र माटो चुनाव चिन्ह राखी मान्छेलाई माटोसँग जोड्ने बताए। 

‘अध्यक्ष भन्दा हुन्छ, श्रम संस्कृति पार्टी हो। चुनाव चिन्ह हामीले ‘माटो’ राखेका छौं । माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी । श्रम किन गर्ने भने श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु। माटो भनेको देश हो। हामी देशसँग जोडिएकै छैनौ । देशको नागरिकता लिन मात्र देशसँग जोडिएको प्रमाण होइन । देशको माया लाग्नु पर्यो नि त,’ उनले भने।

उनले देश निर्माण गर्ने सवालमा सबैसँग वार्ता गर्ने भन्दै देशभक्तहरु ध्रुविकरण भएर जाने बताए।

‘वार्ता नगर्ने भन्ने होइन । सबैसँग वार्ता हुन्छ । देश बनाउने सवालमा कन्जुसाई हुनुपर्छ भन्ने छैन । यो देश रहनु पर्छ । नेपाल रहे हामी रहन्छौं,’ उनले भने, ‘राष्ट्रवादी शक्तिहरु भनौ देशलाई माया गर्ने देशभक्तहरु र देश घाडो भयो भन्ने मान्छेहरु पनि छन् । तर ध्रुविकरण भएर जान्छ।’

यस्तै निर्वाचन आयोग पुगेका युवराज सफलले सरकारले भने अनुरुप चुनाव नहुँने भन्दै नेपालको संविधान परिपालना गराउन संसद प्रस्ताव ल्याउने तयारी रहेको बताए।

‘यो चुनावै हुँदैन । विहे गर्ने कहिले थाहा छैन, रत्यौली अहिले नाचेर हुन्छ ? त्यसैले यो चुनाव हुँदैन । जेनजीहरुका माग दुई वटा थियो । एउटा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाउन र अर्को भष्ट्राचार र भष्ट्राचारीलाई कारबारी गर्ने हो यसका विषयमा म तयार छु । तर पानी बाँड्ने, गाँजा तान्ने, कोही लिडर हुँ भन्ने अनी भित्र लुकेर आफ्नो व्यवसाय गर्दै थिए भन्ने फटाहाहरुलाई सहन सकिदैन,’ उनले भने । 

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, कात्तिक २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्