Kathmandu Press

म प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था थियो, अहिले त्यो भंग भएको छ : ओली

‘मेरो सरकार हुँदासम्म शान्ति सुव्यवस्था थियो। अहिले भंग भएको छ । निर्धक्क वातावरण थियो । अहिले त्रासदी छ । देश विकासको बाटोमा अघि बढ्दै थियो।’
म प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था थियो, अहिले त्यो भंग भएको छ : ओली

काठमाडौं, कात्तिक २ : एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशमा शान्ति सुव्यवस्था भएको दाबी गर्दै अहिले भने त्यो भंग भएको बताएका छन्।

निवर्तमान प्रधानमन्त्री रहेका ओलीले आइतबार सम्पादकहरूसँग भएको छलफलका यस्तो दाबी गरेका हुन्। ओलीले अन्तरिम सरकार बनेपछि देशमा त्रासको वातावरण भएकोसमेत बताए। 

उनले आफू देश र जनताप्रति पूर्ण बफादार भएको पनि बताए। उनले भने, ‘मेरो सरकार हुँदासम्म शान्ति सुव्यवस्था थियो। अहिले भंग भएको छ । निर्धक्क वातावरण थियो । अहिले त्रासदी छ । देश विकासको बाटोमा अघि बढ्दै थियो।’ 

उनले आफ्नो नेतृत्वको सरकार सार्वभौमसत्ताको संरक्षण गरेर अघि बढ्दै गरेको समेत भनाई राखे । तर अहिले त्यो भताभुंग भएर अस्थिरतामा गएको दाबी ओलीको छ। 

‘मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । म पर्नु नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन्,’ ओलीले भने। 

 

प्रकाशित मिति: १५:३४ बजे, आइतबार, कात्तिक २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्