Kathmandu Press

विपिनको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा

प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा परेका बेला मृत्यु भएका जोशीको शव नेपाल पठाउनुअघि इजरायलको विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।
विपिनको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा

काठमाडौं, कात्तिक २ : प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा परेका बेला मारिएका कञ्चनपुरका विपिन जोशीलाई इजरायलमा अन्तिम श्रद्धाञ्जली दिई विदाई गरिएको छ। 

प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा परेका बेला मृत्यु भएका जोशीको शव नेपाल पठाउनुअघि इजरायलको विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा इजरायली अधिकारी, नेपाली कूटनीतिज्ञ तथा नेपाली समुदायका प्रतिनिधिहरूले जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

विपिनको शव सोमबार काठमाडौं आइपुग्नेछ र त्यसपछि उनको गृह नगरमा अन्त्येष्टि गरिने बताइएको छ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए।

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, कात्तिक २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्