काग तिहार : यमराजको दूतको पूजा र प्रतिक
शालको पातमा भात, दाल, फूल र तिल राखेर कागलाई खुवाइन्छ । तिललाई यमराजको प्रकोपबाट जोगिने प्रतिक मानिन्छ।-1760838209.png)
काठमाडौं, कात्तिक २ : तिहारको प्रारम्भ काग तिहारबाट हुन्छ । कागलाई यमराजको दूत मानिन्छ र यसले मानव कर्मको सूचना पुर्याउने विश्वास गरिन्छ । पुराण अनुसार, शिवपुरी वा बागद्वारमा शिवजी हराउनुभएको बेला माता पार्वतीले कागको स्वरूप लिइ सन्देश पुर्याउनु भएको थियो।
सो कारण कागको पूजा गरिन्छ। शालको पातमा भात, दाल, फूल र तिल राखेर कागलाई खुवाइन्छ । तिललाई यमराजको प्रकोपबाट जोगिने प्रतिक मानिन्छ।
अहिले पनि काठमाडौं उपत्यकाको उत्तरतर्फ रहेको कागेश्वरी मन्दिरमा कागे अष्टमीका दिन वा भाद्रकृष्ण अष्टमीका दिनमा सुनको काग देखाएर प्रदर्शन पनि गरिन्छ । हेर्दाखेरी काग र कोइली एउटै जस्तो देखिन्छन तर कोइली कति प्रिय हुन्छ भने काग कति अप्रिय हुन्छ । किनभने उनले अप्रिय जस्तै मानवहरुले गरेको कर्मलाई यमराजसम्म पुर्याउन दूतको रूपमा रहेको कारणले गर्दाखेरि नै कागको पूजा गरिन्छ।
दोश्रो दिन कुकुर तिहार हो। कुकुरलाई वफादार, घरपालुवा र चोरी–चकारी पत्ता लगाउने शक्तिको प्रतीक मानिन्छ । पुराणहरूमा, युधिष्ठिरले मृत्युको समयमा आफ्नो कुकुरसँगै बैकुण्ठ पुगेको वर्णन छ। त्यसैले, कुकुरको पूजा विशेष महत्वका साथ गरिन्छ। तेल र मालासहित खाना र मिष्ठान्न दिइन्छ, जसले उसको सद्भाव र वफादारीलाई सम्मान दिन्छ।












