आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं, कात्तिक २ : आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ। गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बाेलाएका हुन्।
बैठकमा गृह तथा रक्षा सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधि सहभागी हुनेछन्।
बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले तयार पारिरहेको एकीकृत सुरक्षा योजनाको प्रगति समीक्षा गर्ने र आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने गृह मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: ०८:४७ बजे, आइतबार, कात्तिक २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












