Kathmandu Press

यस्तो रहनेछ तिहारमा मौसम 

तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुने र उच्च हिमाली भूभागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तो रहनेछ तिहारमा मौसम 

काठमाडौं, कात्तिक  २ : मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालीहरुको दोस्रो महान चाड तिहारमा मौसम सामान्य रहने छ।

पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने महाशाखाले जनाएको छ।

Hardik ivf

तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा हुने र उच्च हिमाली भूभागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भोली सोमबार लक्ष्मीपूजाका दिन देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना छ।

यस्तै, कात्तिक ४ गते देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कात्तिक ५ गते देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

कात्तिक ६ गते भाइटीकाका दिन कोशी र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

सबै प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:३७ बजे, आइतबार, कात्तिक २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्