Kathmandu Press

अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : दाहाल

‘मैले पहिला पनि भनेको छु– यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाउ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो हाहाहुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन्,’ उनले भने।
अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : दाहाल

काठमाडौं, कात्तिक १ : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले हालको अन्तरिम सरकार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गठन भएको बताएका छन्।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले हालको सरकार ‘हाहा–हुहु’मा बनेको भन्ने टिप्पणी झुटो भई ओलीकै सिफारिसमा बनेको दाबी गरेका हुन्।

‘मैले पहिला पनि भनेको छु– यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाउ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो हाहाहुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन्,’ उनले भने।

दाहालले राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलिरहेको भन्दै सिफारिसको चिठी हेरेको पनि बताए। 

‘हामीले उहाँले पठाएको चिठी हेरेका थियौं । राष्ट्रपतिलाई अन्तरिम सरकार गठनका लागि सिफारिस गर्ने व्यक्तिले अहिले अन्यथा बोलेर हुँदैन,’ उनले भने।

उनले अन्तरिम सरकारको काम निर्वाचन गराउने भएकाले त्यसलाई छाडेर अर्को नारा उठाउन थाले देशमा अराजक दुर्घटना निम्ताउने बताए। 

प्रकाशित मिति: २०:०९ बजे, शनिबार, कात्तिक १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्