Kathmandu Press

जेनजी आन्दोलनलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्छ : नेता पुन

नेता पुनले आफूहरु हेपिए जस्तो अनुभव भएको भन्दै आजको एजेण्डा अनुसार आफूलाई तयार गर्न प्रतिवद्ध रहँदा कसैको हेला भने नसहने बताए।
जेनजी आन्दोलनलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्छ : नेता पुन

काठमाडौं, कात्तिक १ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले सबैको सोच र अवस्था बदलिएको भन्दै यसलाई क्रान्तिकारीहरुले वैज्ञानिक दृष्टिकोणबाट हेर्नुपर्ने बताए।

शनिबार आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको शुभ दीपावलीको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आन्दोलनका नाममा शोषित, उत्पीडित, श्रमजीवि वर्गको बलिदान र उनीहरुको आकांक्षा वा भावनासँग खेलवाड गर्न नहुने बताएका हुन्।

Hardik ivf

‘देशमा नयाँ एउटा परिवर्तन भएको छ । जेनजी आन्दोलनले सबैका सोचहरु बद्लिएका छन् । सबैका अवस्था बदलिएका छन् । नेपाली जनता मात्र होइन विश्वभर नै आन्दोलनका तरंग छ । यसलाई क्रान्तिकारीहरुले शोषित, उत्पिडित, श्रमजीवि वर्गको बलिदान र उनीहरुको आकांक्षा भावनासँग जोडेर लान चाहान्छ,’ उनले भने, ‘अर्काथरी मान्छे आजका परिवर्तनलाई उल्टाएर पछि फर्काउन चाहन्छन्। कति मान्छेहरु अल्मलिएर बसेका छन् । तपाई–हामी आफूलाई क्रान्तिकारी भन्नेहरुले जहिले पनि क्रान्तिकारी, बस्तुवादी, वैज्ञानिक दृष्टिकोण र  सोचबाट यसलाई हेनुपर्ने हुन्छ।’

नेता पुनले आफूहरु हेपिए जस्तो अनुभव भएको भन्दै आजको एजेण्डा अनुसार आफूलाई तयार गर्न प्रतिवद्ध रहँदा कसैको हेला भने नसहने बताए।

‘आज सत्तामा भएका साथीहरु पनि परीक्षित हुन्। सम्माननीय प्रधानमन्त्री, प्रधानन्यायधीश भइसक्नुभएको, अर्थमन्त्री, उर्जामन्त्रीलगायत अरु मन्त्री सबै साथीहरु परीक्षित हुनुहुन्छ । हामी पनि परीक्षित हौं र हामी परीक्षामा फेरी पनि उत्रन तयार छौं। तर हामीलाई हेपेजस्तो देखिएको छ। सरकारलाई भनेका छौं हामी चुनावका लागि आजको एजेण्डा अनुसार आफूलाई तयार गर्न प्रतिवद्ध छौ तर कसैको हेला सहदैनौ,’ उनले भने।
 

 

प्रकाशित मिति: १६:४५ बजे, शनिबार, कात्तिक १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्