Kathmandu Press

कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तयारी

विद्युत प्राधिकरणले असोज १२ र १३ गते ग्राहकहरूलाई बक्यौता तिर्न २१ दिनको समय दिई कार्तिक २ गतेभित्र तिर्न अनुरोध गरेको छ । साथै, संचालक समितिले २८ किस्तामा बक्यौता तिर्न सकिने व्यवस्था पनि गरेको छ।
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तयारी

काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ।

प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार्ज घट्दा उत्पादनमा स्वाभाविक कमी आउने गर्छ। यस वर्ष पनि धेरै आयोजना थपिएका कारण हिउँदमा भारतबाट आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता देखा परेको छ।

विद्युत प्राधिकरणले असोज १२ र १३ गते ग्राहकहरूलाई बक्यौता तिर्न २१ दिनको समय दिई कार्तिक २ गतेभित्र तिर्न अनुरोध गरेको छ । साथै, संचालक समितिले २८ किस्तामा बक्यौता तिर्न सकिने व्यवस्था पनि गरेको छ।

Hardik ivf

प्राधिकरणका प्रवक्ता राजन ढकालले प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारणहरू पनि सार्वजनिक गरे। 

‘मुख्य कारणहरूमा वन तथा रुख कटानसम्बन्धी प्रक्रियागत चुनौती, स्थानीय सामाजिक अवरोध र कठिन भौगोलिक अवस्था रहेका छन्। अधिकांस आयोजना पहाडी भेगमा छन् भने खपत केन्द्र दक्षिणमा रहेकाले उत्तर–दक्षिण प्रसारण लाइनको निर्माण चुनौतीपूर्ण छ,’ उनले भने। 

विद्युत प्राधिकरणले स्पष्ट पारेको छ कि हालको ट्रिपिङ वा सेवा व्यवधान लोडसेडिङ नभएको ढकालले प्रष्ट पारे। प्राविधिक कारणले गर्दा केही समयका लागि लाइनमा अवरोध आएको मात्र हो र प्रणालीमा कुनै संरचनागत क्षति पुगेको छैन। ग्राहकहरूलाई भरपर्दो सेवा दिन प्राधिकरण निरन्तर प्रयासरत रहेको र जहाँ कमी कमजोरी देखिए सुधार गर्न तयार रहेको उल्लेख गरिएको छ।

प्राधिकरणले आगामी दिनमा सेवा विश्वसनीय बनाउन कन्जुमर फोकस्ड कार्यक्रम लागू गर्ने, हेल्प डेस्क स्थापना गर्ने, प्रसारण र डिस्ट्रीब्युसन लाइन विस्तार गर्ने, ट्रान्सफर्मर थप्ने र ८–१० वर्षको योजनाबद्ध लगानी योजना अनुसार प्रणाली मजबुत पार्ने योजना अघि बढाएको छ।

विद्युत प्राधिकरणले यसरी सुनिश्चित गरेको छ कि ग्राहकहरूसँगको सम्बन्ध मजबुत राख्दै योजनागत रूपमा विद्युत प्रणाली सुदृढ बनाउने काम निरन्तर अघि बढाइनेछ।

 

प्रकाशित मिति: १२:२२ बजे, शनिबार, कात्तिक १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्