Kathmandu Press

तिहार आजबाट सुरु

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो।
तिहार आजबाट सुरु

काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। 

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ। आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो।

Hardik ivf

दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ। विशेष गरी दीपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। 

आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ । धन्तेरसको व्रत बसेर आज पवित्र मनले अनि शुद्ध चित्तले पूजा अर्चना गर्ने चलन पनि छ। 

धन्तेरसको दिन कमलको पुष्पमा बसेकी माता लक्ष्मी र गणेशको मूर्ति, तस्बिर घर भित्र्याउनु निकै फलदायी हुनेछ। 
धन्तेरसको अवसरमा जुनसुकै स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ। सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुनेछ। 

धनतेरसको दिन किनेको सामान घरको पूर्व उत्तर दिशा लगेर राख्नुपर्दछ। यसरी खरिद गरेको सामान अरूलाई उपहारको रूपमा दिनु राम्रो मानिँदैन। अतः आफ्नू लागि मात्र राख्नुपर्दछ । यसो गर्नाले कुबेर पनि प्रसन्न हुने मान्यता रहेको छ। 

धन्तेरसको दिन कौडी, कमल गट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको कौडी कमल गट्टा र सिङ्गो धनियाँ लक्ष्मी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्ने मान्यता पनि रहि आएको छ।

 

प्रकाशित मिति: ०८:३१ बजे, शनिबार, कात्तिक १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्