Kathmandu Press

११औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने एमालेको निर्णय

शुक्रबार सम्पन्न भएको बैठकले ११औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठक बुधबारदेखि सुरु भएको थियो।
११औँ महाधिवेशन मंसिर २७ गतेदेखि पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौं, कात्तिक १ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ।

शुक्रबार सम्पन्न भएको बैठकले ११औँ महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । बैठक बुधबारदेखि सुरु भएको थियो।

‘आगामी दिनमा समग्र नेतृत्वको पुनगठन, नयाँ नेतृत्व छनोट गर्ने आदि विषयका सन्दर्भमा पार्टीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औं राष्ट्रिय महाधिवेशन गरेर पार्टी नेतृत्वलाई व्यवस्थित गर्ने गरि हामी अगाडि बढ्ने भनेर पार्टी एकमतका साथ अगाडि बढेको छ,’ उनले भने।

Hardik ivf

केन्द्रीय कमिटी बैठकले जम्मा २२ वटा प्रस्तावहरु पारित गरेको पनि उनको भनाई छ। उनले वर्तमान सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार बनाउने तर्फ नभई मुलुकलाई बहुआयामिक संकटतिर ढकेल्न सक्रिय देखिएको पनि बताए । 

‘निर्वाचनको प्रयोजनका लागि सरकारले जुन भूमिका निर्वाह गर्नुपर्ने हो । निर्वाचनको वातावरण बनाउनुपर्ने हो, त्यो खालको कुनै काम गरिरहेको छैन र त्यसको लागि हामीले निर्वाचन आयोग मार्फत पार्टीका तर्फबाट औपचारिक प्रस्ताव पनि उपलब्ध गराई सकेका छौँ,’ उनले भने, ‘सरकार समस्याको समाधान गर्दै निर्वाचनको आधार तयार बनाउने होइन। मुलुकलाई बहुआयामिक संकटतिर धकेल्न सक्रिय देखिन्छ। निर्वाचनको आधार बनाउने होईन उल्टो बाटो तिर हिँडिरहेको छ भन्ने हाम्रो निष्कर्ष छ।’

बैठकले भदौ २३ र २४ गते भएको सबै घटनाको छानबिन गरेर सबै सत्यतथ्य बाहिर ल्याउनुपर्ने र दोषिहरुलाई कारबाही गर्नुपर्ने माग पनि राखेको प्रचार विभाग प्रमुख गौतमले बताए।

‘सामाजिक सञ्जालको निर्वाद सञ्चालन भ्रष्टाचारको विरोध र सुशासन लगायतका विभिन्न माग राखेर जेनजी युवाहरुले गरेको भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेकपा एमाले स्तब्द भएको छ ।  भदौ २३ र २४ गते भएको सबै घटनाको छानबिन गरेर सबै सत्यतथ्य बाहिर ल्याउनुपर्छ र दोषिहरुलाई कारबाही गरिनुपर्छ भन्ने माग यो बैठकले गरेको छ,’ उनले भने।

भदौ २३ र २४ गतेको गम्भिर घटनाहरुको छानबिनका लागि सोही अुनसारको दक्षता, निष्पक्षता आवश्यक रहेपनि सरकारले गठन गरेको छानबिन आयोगमा राजनीतिक पूर्वाग्रह, दूषित सोच र मनसाय राख्ने व्यक्तिहरु रहेका उनले बताए।

 

प्रकाशित मिति: ०७:२२ बजे, शनिबार, कात्तिक १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्