Kathmandu Press

नयाँ राजनीतिक दल खोल्ने जेनजी अभियन्ता ढुंगानाको घोषणा

नयाँ राजनीतिक दल खोल्ने जेनजी अभियन्ता ढुंगानाको घोषणा

काठमाडौं, असोज ३१ : जेनजी अभियन्ता मिराज ढुंगानाले नयाँ राजनीतिक दल निर्माण गर्ने भएका छन्। 

सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुंगानाले नयाँ राजनीतिक दल निर्माणका लागि वार्ता समिति समेत गठन भएको बताए । ढुंगानाले ‘गरिखान देउ’ अभियानमार्फत दल निर्माणमा होमिन लागेको बताएका छन्। 

नयाँ दल घोषणाका लागि ढुंगानाले कात्तिक १ गते एभरेस्ट होटलमा प्रेस मिट गर्ने बताए। उनले जेनजी आन्दोलनले देशमा नयाँ अवसर लिएर आएकाले राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था उत्पन्न भएको पनि बताएका छन्। 

अहिलेकै स्थितिमा भने निर्वाचनमा भाग नलिने समेत उनले बताएका छन्। ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी, विदेशमा भएका नेपालीलाई मताधिकार र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको संरचना बन्नुपर्ने माग समेत गरेका छन्। 

सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्दै ढुंगानाले भनेका छन् ‘आमूल परिवर्तन ल्याउन डटेर लाग्ने अठोटसहित पार्टी गठनका लागि वार्ता समिति बनाएका छौं । तपाईंहरु आजैबाट यसमा जोडिन सक्नुहुन्छ । देशले निकास खोजिरहेको छ । यसमा हामी आफूलाई जिम्मेवार ठान्छौं । निकास दिलाएरै छोड्छौं।’ 

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, असोज ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्