Kathmandu Press

महामन्त्री थापामाथि केन्द्रीय सदस्य बलायरको प्रश्न- तपाईं संयन्त्रमा बसेर काम गर्ने, अनि दोष शेरबहादुरले मात्र लिनुपर्ने? 

महामन्त्री थापामाथि केन्द्रीय सदस्य बलायरको प्रश्न- तपाईं संयन्त्रमा बसेर काम गर्ने, अनि दोष शेरबहादुरले मात्र लिनुपर्ने? 

काठमाडौं, असोज ३१ : नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य वीरबहादुर बलायरले महामन्त्री गगन थापामाथि प्रश्न उठाएका छन्। 

बलायरले देउवाले राजीनामा दिनुपर्ने, नभए कार्यवाहक दिनुपर्छ भन्नेहरूले एकै दिनमा बोली फेरिएर देउवाको प्रशंसा सुरु भएको बताए। 

Hardik ivf

केन्द्रीय सदस्य बलायरले भने, ‘हिजो शेरबहादुरले पार्टी सकाइसक्यो, यो पार्टी डुबाइसक्यो भन्नेहरू आज प्रशंसा गर्दै हुनुहुन्छ । शेरबहादुरले पार्टीमा बस्नुहुँदैन भन्नेहरूले आज प्रशंसा गर्दैमा चोखो हुँदैन । इतिहासमा यसको लेखाजोखा गर्नेछ।’

उनले घरमै निर्घात कुटिएर अस्पतालमा भर्ना हुँदा र घर खरानी भएका बेला देउवाप्रति सद्भाव नदेखाउनेहरूले कार्यवाहक दिएपछि प्रशंसा गरेको नसुहाएको पनि बताए। 

वलायरको प्रश्न थियो, ‘पार्टीमा मान पाउन कि मर्नुपर्ने कि पार्टी छोड्नुपर्ने हो ?’ बलायरले देउवालाई कार्यवाहक तोक्न लगाउनुलाई सफलता मान्नेहरूका लागि भोलि त्यस्तै दिन आफ्ना पनि आउने चेतावनी समेत दिए। 

बलायरले यतिबेला विशेष महाधिवेशनको हस्ताक्षरको आवश्यकता किन पर्यो ? भन्ने प्रश्न पनि उठाए। ‘शेरबहादुर देउवाले नियमित महाधिवेशन हुँदैन भनेका थिए ? कि केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको मिति तय गरेर सारेको थियो ?’, उनले भने। 

हिजो सरकारमा संयन्त्रमा बसेर सरकार सञ्चालन गर्ने र सरकार अपदस्थ भएपछि अहिलेको सरकारलाई मान्यता दिन पुगेकोमा पनि महामन्त्री थापामाथि प्रश्न उठाइएको छ। 

वलायरले भने, ‘तपाईं संयन्त्रमा बसेर काम गर्ने अनि त्यसको दोष शेरबहादुरले मात्र लिनुपर्ने ?’

प्रकाशित मिति: १४:०२ बजे, शुक्रबार, असोज ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्