Kathmandu Press

एमाले बैठकमा एकपछि अर्को गर्दै अध्यक्ष कपी ओलीको राजीनामा माग 

एमाले बैठकमा एकपछि अर्को गर्दै अध्यक्ष कपी ओलीको राजीनामा माग 

काठमाडौं, असोज ३१ : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएको छ। 

शुक्रबार जारी बैठकमा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ओलीको राजिनामा मागेका छन्। अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्नेक्रममा गैरेले पद त्याग गर्न सुझाएका हुन्। 

‘पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा बुझ्नहुन्न । म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔँ भन्ने अनुरोध गर्दछु,’ गैरले बैठकमा भने। 

केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनाले पनि अध्यक्ष ओलीले बिदा लिनेबित्तिकै देशभर सकारात्मक सन्देश जाने बताएकी छन्। 

उनले दुईदुईपटक आफैँले संसद् विघटन गरेर अहिले पुनःस्थापनाका लागि आन्दोलन गर्नु हास्यास्पद हुने बताएकी छन्। एमाले बैठकमा लगालग ओलीको राजिनामा मागिएको छ।

प्रकाशित मिति: १३:३४ बजे, शुक्रबार, असोज ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्