Kathmandu Press

सरकार मिति तोक्ने तर निर्वाचन नगराउने बाटोमा छ : प्रवक्ता सापकोटा

उनले वर्तमान अन्तररिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले त्यसको लागि तयारी गर्नु भएको बताए।
सरकार मिति तोक्ने तर निर्वाचन नगराउने बाटोमा छ : प्रवक्ता सापकोटा

काठमाडौं, असोज ३१ : नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सपाकोटाले केही दलहरु चुनावबाट भाग्न खोजिरहेको र सरकारले पनि मिति तोक्ने तर निर्वाचन नगर्नेतिर लागेको आरोप लगाएका छन्।

राजधानीमा भएको एक कार्यक्रममा बोल्दै सापकोटाले वर्तमान सरकारले जेनजीको मर्मभन्दा फरक ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तैः भएकोसमेत भएको सापकोटाले बताए।

४३ औं ‘विश्व खाद्य दिवस’ तथा ‘विश्व भोक दिवस’ को अवसारमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा पूर्वसभामुखसमेत रहेका सापकोटाले आफ्नो पार्टी फागुन २१ गतेको निर्वाचानमा सहभागी हुने र अरु सबै दलहरु पनि सहभागि हुनुपर्ने धारणा राख्दै भने, ‘हामी तयार छौं, अरु कुनै पनि दल त्यसबाट भाग्न पाईदैन र वर्तमान सरकारले पनि निर्वाचनको वातावरण बनाउने कुरामा ध्यान दिनुपर्छ।’

Hardik ivf

उनले वर्तमान अन्तररिम सरकारको मुख्य जिम्मेवारी भनेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु र अहिले त्यसको लागि तयारी गर्नु भएको बताए।

आफ्ना पार्टीका नेता कृष्णबहादुर महरालाई पक्राउ गरी अनुसन्धान गरेको विषयतिर इंगित गर्दै सापकोटाले भने, ‘सरकारले मुख्य जिम्मेवारी र वास्तविक अपराधीहरुलाई कारबाही गर्नेभन्दा परिवर्तनकारीहरुतिर निशाना सोझ्यानुले यसको नियत प्रष्ट भएको छ।’

जेनजी आन्दोलनमा घुसपैठ गरेर महत्वपूर्ण भौतिक संरचनाहरू ध्वस्त पारिँदा सुरक्षा निकायको कमजोरी भएको बताउँद भने, ‘जनतको करबाट तलब खाने नेपाली सेनाले आफ्नै आँगानमा भएको सर्बोच्च अदालत र सिंहदरबा किन जोगाउन सकेन ? उसमाथि प्रश्न उठेको छ।’ 

उनले नेपाली सेनाले आफ्नो बचाउ हैन उसले जनतालाई हरेक प्रश्नको उत्तर दिनुपर्ने सापकोटाले बताए।

कार्यक्रममा सापकोटाले खाद्य उत्पादन गर्ने जीवन रक्षक किसानलाई अपमान नगर्न चेतावनी दिए।

 

प्रकाशित मिति: ०७:३२ बजे, शुक्रबार, असोज ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्