प्रधानमन्त्री र मन्त्रीसहित जेनजी युवाहरूसँग शितलनिवासमा छलफल
अन्तरिम सरकार गठनपछि पनि जेनजी युवाहरूले असन्तुष्टि राखेपछि राष्ट्रपति पौडेलले छलफलका लागि डाकेका हुन्।
काठमाडौं, असोज ३० : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री र मन्त्रीहरू राखेर जेनजी युवाहरूसँग शितलनिवासमा छलफल गरेका छन्।
अन्तरिम सरकार गठनपछि पनि जेनजी युवाहरूले असन्तुष्टि राखेपछि राष्ट्रपति पौडेलले छलफलका लागि डाकेका हुन्। यसअघि वार्ताका लागि समय तय भएर पनि राष्ट्रपति पौडेल अस्वस्थ भएका कारण रोकिएको थियो।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री शुसिला कार्की, कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र कृषिमन्त्री मदन परियार सहभागी छन्।
जेनजीका तर्फबाट मोनिका निरौला, भोजविक्रम थापा, मदन कार्की, शिव यादव, निकुन्ज भण्डारी, रिजन राना, उपार्जुन चाम्लिङ, ओजस्वीराज थापा, बब्लु गुप्ता, धीरज जोशी, पुरुषोत्तम यादव, खेमराज साउद, आदित्य आचार्य, प्रदीप पाण्डे, अप्सना बानु र गुन्जन शाह ठकुरी सहभागी छन्।









![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)


