Kathmandu Press

सरकारले फिर्ता बोलायो ११ देशका राजदूत

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
सरकारले फिर्ता बोलायो ११ देशका राजदूत

काठमाडौं, असोज ३० : सरकारले ११ देशका राजदूत फिर्ता बोलउने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

मन्त्रिपरिषद् बैठकले चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे,  जापानका डा. दुर्गाबहादुर सुवेदी, जर्मनी डा. शैल रूपाखेती, इजरायलका डा. धनप्रसाद पण्डितलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए। 

Hardik ivf

उनका अनुसार मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशबिक्रम ढकाल, स्पेनका सनिश नेपाललाई २० कात्तिकभित्र फर्कन निर्देशन दिने निर्णय गरिएका छ।

मन्त्रिपरिषदले फिर्ता बोलाउने निर्णय गरेका ११ राजदूत नै केपी ओली सरकारले नियुक्त गरेको थियो। 

सरकारल. परराष्ट्र सेवाबाट नियुक्त भएका राजदूतहरू भने यथावत् राखेको छ।

 

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, असोज ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्