Kathmandu Press

पार्टी फुटेपछि डा.सिके राउत रिट लिएर पुगे सर्वोच्च

जनमतका उपाध्यक्ष रहेका दीपककुमार साहले केही दिनअघि पार्टी फुटाएर आयोगमा जनस्वराज पार्टी दर्ता गरेका थिए।
पार्टी फुटेपछि डा.सिके राउत रिट लिएर पुगे सर्वोच्च

काठमाडौं, असोज ३० : जनमत पार्टी विभाजन भएपछि अध्यक्ष डा.चन्द्रकान्त राउत (सिके राउत) रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन आयोगले अवैध रुपमा ‘जनस्वराज’ पार्टी दर्ता गरेको दाबी राउतको छ।

राउतले पेश गरेको रिट निवेदन विहीबार सर्वोच्चमा दर्ता भएको छ। जनमतका उपाध्यक्ष रहेका दीपककुमार साहले केही दिनअघि पार्टी फुटाएर आयोगमा जनस्वराज पार्टी दर्ता गरेका थिए। 

जनमतमा असन्तुष्ट पक्षले अध्यक्ष राउतको कार्यशैलीमाथि प्रश्न खडा गर्दै नयाँ पार्टी खोलेका हुन् । रिट निवेदनमा सुनुवाईका लागि शुक्रबारको पेसी तय भएको छ । निर्वाचन आयोग, जनस्वराज पार्टीका अध्यक्ष साह लगायतलाई विपक्षी बनाएर रिट दर्ता भएको छ।
 
पार्टीको नीति विपरीत काम गरेको आरोपमा राउतले साहलाई निष्कासन गरेपछि नयाँ पार्टी गठन भएको हो । निर्वाचन आयोगले विभाजनपछि गठित जनस्वराज पार्टीलाई असोज २८ गते मान्यता दिने निर्णय गरेको थियो। 

आयोगले दल दर्ताको निवेदन, विधान, झन्डा, निर्वाचन चिन्हसहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरिसकेको छ। 

 

प्रकाशित मिति: १८:०७ बजे, बिहीबार, असोज ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्