Kathmandu Press

हामी समयमै नियमित महाधिवेशन गर्ने समझदारीमा पुग्ने छौं : कार्यबहाक सभापति खड्का

विहीबारको केन्द्रीय समिति बैठकमा खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको जानकारी समेत गराएका छन्।
हामी समयमै नियमित महाधिवेशन गर्ने समझदारीमा पुग्ने छौं : कार्यबहाक सभापति खड्का
फाइल तस्बिर।

काठमाडौं, असोज ३० : नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवशेनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिहरुको जोड नियमित महाधिवेशन हुनुपर्नेमा रहेको बताएका छन्।

विहीबारको केन्द्रीय समिति बैठकमा खड्काले विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको हस्ताक्षर प्राप्त भएको जानकारी समेत गराएका छन्। 

‘मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्त भित्रमा नियमित महाअधिवशन हुनुपर्छ भन्ने विषय मुख्य हो । केन्द्रीय समिति बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्ने छौं,’ बैठकमा खड्काले भने।

उनले नियमित महाधिवशेनको वातावरण बनेको अवस्थामा विशेष महाअधिवेशन आवश्यक नहुने पनि बताए । नियमित महाधिवेशनको दिशामा आफूहरू अघि बढ्ने पनि उनले बताए।

यसअघि विशेष महाधिवेशनको मागसहित २४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यबहाक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए। 

प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, असोज ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्