Kathmandu Press

निर्वाचन विथोल्ने तत्व सक्रिय रहेको गृहमन्त्री अर्यालको दाबी

निर्वाचन विथोल्ने तत्व सक्रिय रहेको गृहमन्त्री अर्यालको दाबी

 काठमाडौं, असोज ३० : गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको बिथोल्ने तत्व सक्रिय भएको आरोप लगाएका छन्।

विहीबार जिल्ला समन्वय समिति भक्तपुरको कार्यलय अनुगमनको क्रममा पुगेका अर्यालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो आराप लगाएका हुन् । अर्यालले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सम्झाइबुझाइ गर्ने बताए। 

Hardik ivf

सम्झाउँदा नमाने सरकारले आफ्नो ढंगबाट काम गर्ने भनाइ अर्यालको थियो । अर्यालले त्रपकारसँग भने, ‘कोही कोही एलिमेन्टले भड्काउन खोजेको देखिन्छ । अब त्यो एलिमेन्टहरूलाई सकभर सम्झाइबुझाइ नै गर्ने हो । त्यो एलिमेन्टहरूले भड्काउन नै खोजेको हो भने सरकारले त्यतिखेर आफ्नो ढंगले काम गर्छ । निर्वाचन जसरी नी गराउँछ, तोकिएकै मितिमा गराउँछ ।’

गृहमन्त्री अर्यालले वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनको लागी बनेको पनि बताए । तोकिएकै मितिमा निर्वाचन हुने दाबी समेत अर्यालको छ। निर्वाचनको लागी सबै संवादमा आउनुपर्ने भनाई उनको छ। 

उनले भने, ‘राष्ट्रपतिज्यूले पनि संवाद शुरु गरिसक्नुभएको छ । हामीले हाम्रो तहबाट पनि संवादको लागि आह्वान गरिरहेका छौँ । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन ।’ 

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, असोज ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्