Kathmandu Press

उड्डयन प्राधिकरणको भवनबाट अस्थायी रूपमा काठमाडौं जिल्ला अदालत सञ्चालनको तयारी

प्राधिकरणकी बोर्ड सदस्य रोशन चित्रकारका अनुसार आजको बैठक नियमित भए पनि हालैको समसामयिक घटनाक्रम, विशेषतः अदालतका कार्य सञ्चालनसम्बन्धी विषयमा गम्भीर छलफल भएको थियो।
उड्डयन प्राधिकरणको भवनबाट अस्थायी रूपमा काठमाडौं जिल्ला अदालत सञ्चालनको तयारी

काठमाडौं, असोज ३० : नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले काठमाडौं जिल्ला अदालतको सेवा अस्थायी रूपमा प्राधिकरणको भवनबाट सञ्चालन गर्ने विषयमा छलफल गरेको छ।

प्राधिकरणकी बोर्ड सदस्य रोशन चित्रकारका अनुसार आजको बैठक नियमित भए पनि हालैको समसामयिक घटनाक्रम, विशेषतः अदालतका कार्य सञ्चालनसम्बन्धी विषयमा गम्भीर छलफल भएको थियो।

Hardik ivf

‘आजको बैठक नर्मल नै हो,’ चित्रकारले भनिन्, ‘जिल्ला अदालतको भवन नभएकाले काम प्रभावित भएको छ। त्यसैले प्राधिकरणको भवन केही समयका लागि अस्थायी रुपमा अदालतले प्रयोग गर्न पाउने कि भन्नेबारे छलफल भएको हो।’

काठमाडौं जिल्ला अदालत हाल असहज अवस्थामा रहेको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा अदालत भवनमा आगजनी भएको थियो । त्यसयता अदालतको नियमित सेवा प्रवाहमा समस्या आइरहेको छ।

बैठकमा प्रधानमन्त्री शुसीला कार्की समेत सहभागी थिइन्। बैठकमा कामको समायोजन, स्थान व्यवस्थापन र सरकारी सेवा प्रवाह सुनिश्चित गर्ने उपायमाथि पनि चर्चा गरिएको बताइएको छ।

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, असोज ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्