Kathmandu Press

मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सिंहले गरे जनमत पार्टी परित्यागको घोषणा

मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सिंहले गरे जनमत पार्टी परित्यागको घोषणा

जनकपुर, असोज ३० : मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले सीके राउत नेतृत्वको जनमत पार्टी परित्यागको घोषणा गरेका छन्। 

सिंहले मंगलबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । सिंहले जनमत पार्टी फुटेर गठन भएको नयाँ दल जनस्वराजमा जाने बताएका छन्। 

Hardik ivf

सिंहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि बुधबार लोसपाका नेता जितेन्द्र सोनल मधेसको मुख्यमन्त्री नियुक्त भइसेकेका छन्।

जनमतका दुई प्रदेशसभा सदस्यले यसअघि नै जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका थिए। पूर्वमन्त्रीसमेत रहेका जनमतका सांसद त्रिभुवन साह पनि जनस्वराजमा गएका छन्। 

यद्धपी, उनीहरूले आफ्नो समर्थन भने हालका मुख्यमन्त्री जितेन्द्र सोनललाई नै रहने बताएका छन् । पार्टी परित्यागको जानकाी दिन निवर्तमान मुख्यमन्त्री सिंहले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् । 

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, असोज ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्