Kathmandu Press

मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, असोज ३० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सिंहसहितका प्रतिबादीविरुद्ध ३८ लाख ५० हजार ३१९ रुपैयाँ भ्रष्टाचारको बिगो माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता भएको हो। 

Hardik ivf

सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी खाताहरूमा जम्मा भएको रकम आफ्नो स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाएको र उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा गर्न लगाएको दाबी अख्तियारले गरेको छ।

 अनुसन्धानकाक्रममा कायस्थले आफ्नै खातामा पनि रकम जम्मा गरी भ्रष्टाचारजन्य कार्य गरेको दाबी समेत अख्तियारले गरेको छ। 

सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीलाई भ्रष्टाचार आरोपमा प्रतिबादी कायम गरिएको छ।
 
आयोगका अनुसार सिंहले विद्यालय, मन्दिरसँग सम्बन्धित विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कूल रकम रु. १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये रु. ३८ लाख ५० हजार ३१९ (झन्डै २८.२५ प्रतिशत) रकम सिंहले घुसस्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेका थिए।

अख्तियारको अनुसन्धानबाट सो रकमको केही हिस्सा उनले आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा पनि जम्मा गराएको पाइएको छ।

 

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, असोज ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्