Kathmandu Press

बुद्ध एयरका मालिकले दर्ता गराए नयाँ दल

बुद्ध एयरका मालिकले दर्ता गराए नयाँ दल

काठमाडाैं, असाेज, ३०  बुद्ध एयरमा मालिक समेत विरेन्द्रबहादुर बस्नेतले नयाँ पार्टी खोलेका छन्।

उनले समाजशास्त्री दिनेश प्रसाईंलगायतसँग मिलेर ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन्।

आयोगमा बिहीबार दर्ता भएको पार्टीको अध्यक्षमा प्रसाईं छन्। पार्टीको महासचिव पियुषप्रसाद कायस्थ छन् भने व्यावसायी बस्नेत सदस्य छन्।

पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था छ। बस्नेत चाहिँ सदस्य रहेकाले चुनाव लड्नका लागि बाधा हुने छैन।

पार्टीले अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गर्न जरुरी रहेको उल्लेख गरेको छ।

प्रकाशित मिति: १३:०१ बजे, बिहीबार, असोज ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्