एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुनेछ।-1760584504.jpg)
काठमाडौं, असोज ३० : नेकपा एमाले केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ। एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि ललितपुर धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा सुरू हुनेछ।
बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित भएर सदस्यहरूले धारणा राखिरहेका छन् । बुधबार ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए।
शुक्रबारसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि बोल्ने कार्यसूची राखिएको छ।
जारी केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्नेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औं महाधिवेशन मंसिरको २७, २८, २९ पोखरामा गर्ने गरी प्रस्ताव गरेका छन् । एमालेले एक वर्षअगाडि नै महाधिवेशन गर्ने तयारी गरेको छ।
प्रकाशित मिति: ०९:०० बजे, बिहीबार, असोज ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1762872609.jpeg)






-1762866644.jpg)

