Kathmandu Press

‘कहानी घर घरकी’का कलाकार सचिन कुमारको निधन

काठमाडौं, जेठ ३ : चर्चित भारतीय टेलिश्रृंखलाका ‘कहानी घर घरकी’ मुख्यका मुख्य कलाकार सचिन कुमारको ४२ वर्षको उमेरमा निधन भएको छ।  

....
‘कहानी घर घरकी’का कलाकार सचिन कुमारको निधन

काठमाडौं, जेठ ३ : चर्चित भारतीय टेलिश्रृंखलाका ‘कहानी घर घरकी’ मुख्यका मुख्य कलाकार सचिन कुमारको ४२ वर्षको उमेरमा निधन भएको छ।  

उनको हृदयघातबाट शुक्रबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी मुम्बईस्थित ओब्रोय स्प्रिङमा बस्दै आएका थिए।

Hardik ivf

उनले टेलिश्रृंखला ‘लज्जा’मा पनि अभिनय गरेका थिए। जसमा उनको भूमिका महत्वपूर्ण थियो।

उनी बलिउड अभिनेता अक्षय कुमारको नातेदार हुन्। सचिन फोटोग्राफर पनि हुन्।

अक्षयले पनि उनको निधनमा दुःखी भएको जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रकाशित मिति: १६:०६ बजे, शनिबार, जेठ ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्