Kathmandu Press

महरालाई थुनामा राख्न आदेश, केन्द्रीय कारागार लगियो

महराविरुद्ध चिनिया तस्करले भेप (विद्युतीय चुरोट)मा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप लागेको छ।
महरालाई थुनामा राख्न आदेश, केन्द्रीय कारागार लगियो

काठमाडौं, असोज २९ : काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारामा लगिएको छ।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको बताउँदै थुनामा पठाउन आदेश दिएको हो । महराविरुद्ध चिनिया तस्करले भेप (विद्युतीय चुरोट)मा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप लागेको छ। 

Hardik ivf

उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको हो । महराका छोरा राहुलसहित ४ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो।
  
अदालतले महरा र अन्य प्रतिवादीहरूको बयानबाट समेत उनी संलग्न छैनन् भन्ने अवस्था नदेखिएको आदेशमा उल्लेख गरेको छ। महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार पक्राउ गरी मुद्दा दायर गरेको हो। 

 

प्रकाशित मिति: १८:२१ बजे, बुधबार, असोज २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्