Kathmandu Press

जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त

आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
जेनजी आन्दोलनमा देखिएको अराजकताप्रति राप्रपाद्वारा चिन्ता व्यक्त

काठमाडौं, असोज २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हाल देश भूराजनीतिक चक्रव्यूहमा फसिरहेको र जनताको निर्णय क्षमता कमजोर हुँदै गएको उल्लेख गर्दै सबै राजनीतिक शक्तिबीच देशलाई केन्द्रमा राखेर ‘वृहद् राष्ट्रिय सहमति’ को खाँचो रहेको बताएको छ।

आज पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। 

बैठकले राजनीतिक स्थायित्वका लागि सबैपक्षीय संवाद र सहमतिको बाटोमा जान सबै शक्तिहरूलाई हार्दिक आह्वान गरेको छ।

Hardik ivf

बैठकले वर्तमान राजनीतिक अन्यौलतामा परिवर्तन सम्भव छैन भन्ने ठहर गर्दै संविधान र निर्वाचन प्रणालीले दीर्घकालीन समाधान दिन नसक्ने धारणा राखेको छ । यद्यपि, राप्रपा भने प्रजातान्त्रिक प्रक्रियाबाट बाहिर नजाने स्पष्ट पारेको छ।

राप्रपाले अध्यक्ष लिङ्देनलाई पार्टीको मुद्दा र राजनीतिक विकल्पका सम्बन्धमा अन्य दल र सरोकारवालासँग संवादको जिम्मेवारी दिएको छ। साथै, पार्टीले छठ पर्वपछि देशव्यापी जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

बैठकले केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी कात्तिक २७ र २८ गते काठमाडौंमा गर्ने र त्यस बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने बताइएको छ।

हालैको जेनजी आन्दोलनपछि केही समूहले चन्दा असुली, जलविद्युत आयोजनामा निःशुल्क शेयर माग तथा सार्वजनिक पदाधिकारीमाथि दवावजस्ता अराजक गतिविधि गरिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ। यस्ता गैरकानुनी कार्यमा संलग्न नहुन जेनजी पुस्तालाई आग्रह गर्दै राप्रपाले सरकारले यस्ता गतिविधिमा नियन्त्रण गर्न र लगानीमैत्री वातावरण बनाउन पहल गर्नुपर्ने जनाएको छ।

बैठकले हालको आन्दोलनबाट भौतिक संरचना ध्वस्त र हजारौंको रोजगारी गुमाएकोप्रति दुःख व्यक्त गर्दै, सरकारलाई शिथिल अर्थतन्त्र उठाउन र व्यवसायिक सुरक्षाको प्रत्याभूति गर्न माग गरेको छ।

त्यस्तै, इलामसहित देशका विभिन्न स्थानमा आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राप्रपाले पीडितलाई राहत, उपचार, आवास र रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

बैठकले पार्टीको जुम्ला जिल्ला समिति अध्यक्ष वेदबहादुर शाहीसहित चार जना नेताहरूलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय गरेको छ। 

जेनजी आन्दोलनका क्रममा राप्रपाका कार्यकर्तामाथि भएको दुव्र्यवहार र सम्पत्तिको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीभित्र सहयोगको आह्वान पनि गरिएको छ।
इजरायल–प्यालेस्टाइन युद्धका क्रममा हमासको कब्जामा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको हत्या भएको घटनाप्रति पनि राप्रपाले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

 

प्रकाशित मिति: १८:१९ बजे, बुधबार, असोज २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्