ओली नेतृत्वमा नरहे एमालेसँग एकताको ढोका खुल्न सक्छ : प्रचण्ड
धादिङको बेनिघाट रोराङ पुगेका प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै यस्तो भनाई राखेका हुन् । आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने उनले बताए । तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रियाअघि बढ्ने भनाई समेत प्रचण्डले राखे ।-1748007994.jpg)
काठमाडौं, असोज २९ : नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगएकता हुनसक्ने संभावना दर्शाएका छन् ।
धादिङको बेनिघाट रोराङ पुगेका प्रचण्डले युवा तथा पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै यस्तो भनाई राखेका हुन् । आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने उनले बताए । तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रियाअघि बढ्ने भनाई समेत प्रचण्डले राखे ।
‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ,’ प्रचण्डले भने । उनले अबको माओवादीको लाइन चुनाव नै रहेको बताए । प्रचण्डले भने, ‘अहिले मेरो जेन्जी युवाहरुसँग पनि छ्लफल भैरहेको छ। युवाहरूले माओवादी सही रहेछ भन्ने बुझ्नु भएको छ ।’
प्रकाशित मिति: १७:०० बजे, बुधबार, असोज २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
