Kathmandu Press

कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयो 

देशभरबाट संकलित भएका हस्ताक्षरलाई कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका हुन् । घिमिरेका अनुसार १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरिएको छ । 
कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाइयो 

काठमाडौं, असोज २९ : कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसका दुई हजारचार सय ८८ महाधिवेशन प्रतिनिधिले बुधबार हस्ताक्षर बुझाएका छन्।

देशभरबाट संकलित भएका हस्ताक्षरलाई कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका हुन् । घिमिरेका अनुसार १४औं महाधिवेशनका कुल प्रतिनिधि संख्याको करिब ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन माग गरिएको छ । 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगेर कार्यबाहक सभापति खड्कालाई हस्ताक्षर बुझाइएको हो । पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित समयमा महाधिवेशन हुन नसक्ने अवस्था रहेको भन्दै विशेष महाधिवेशनका लागि अभियान चलाएका थिए । 
 
प्रकाशित मिति: १६:५४ बजे, बुधबार, असोज २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्