Kathmandu Press

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्न ओलीको प्रस्ताव

ललितपुरको बागमहलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोखरामा महाधिवेशन गर्नेगरी प्रस्ताव गरेका हुन्।
एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्न ओलीको प्रस्ताव

काठमाडौं, असोज २९ : एमालेको ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्न प्रश्ताव गरिएको छ।

ललितपुरको बागमहलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पोखरामा महाधिवेशन गर्नेगरी प्रस्ताव गरेका हुन्। 

अध्यक्ष ओलीले गरेको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्न भने बाँकी छ । ओलीको प्रस्तावमाथि बैठकमा छलफल चलिरहेको जनाइएको छ।

बैठक तीन दिनसम्म चल्ने छ। 

प्रकाशित मिति: १४:४५ बजे, बुधबार, असोज २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्